काभ्रेका तीन नेता एमालेको समानुपातिक सूचीमा

by | पुस १५, २०८२

काभ्रेका तीन नेता एमालेको समानुपातिक सूचीमा

नेकपा एमालेले पेश गरेको समानुपातिक सूचीमा काभ्रेका तीन नेता अटाएका छन् । ११० जनाको समानुपातिक सूचीमा तेमालका इन्द्र बहादुर तामाङ, पाँचखालकी भक्तकुमारी लामा र बनेपाबाट सुमित्रा भोछिभोया समेटिएका छन् । नेकपा एमाले काभ्रे जिल्ला कमिटीले समानुपातिक सूचीमा समावेश गर्नको लागि १३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तामाङ भूमी अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष हुन् । तामाङ गत निर्वाचनमा तेमाल गाउँपालिकामा अध्यक्षको उम्मेदवार समेत थिए । यस्तै भक्तकुमारी लामा एमाले बागमती पदेश कमिटी उप–सचिव हुन् । यस्तै भोछिभोया अखिल नेपाल महिला संघको केन्द्रिय सदस्यको जिम्मेवारीमा छिन् । 
उम्मेदवार सिफारिस भएसँगै चुनावी सरगर्मी बढेको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेले पनि चुनावी तयारी तिव्र पारेको छ । जिल्लामा ३ लाख २६ हजार ६ सय ११ मतदाता कायम भएका छन् । जसअन्र्तगत पुरुष मतदाताको संख्या १ लाख ६७ हजार ४ सय ९९ रहेको छ भने महिला मतदाताको संख्या १ लाख ५९ हजार १ सय १० रहेको छ । अन्य मतदाता २ जना रहेका छन् ।