धुलिखेलमा स्वर्गीय राजा वीरेन्द्रको ८१ औँ जन्मजयन्ती मनाइयो

by | पुस १५, २०८२

धुलिखेलमा स्वर्गीय राजा वीरेन्द्रको ८१ औँ जन्मजयन्ती मनाइयो

धुलिखेल/नेपाली जनताका प्रिय प्रजातन्त्रवादी राजा स्वर्गीय श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको ८१ औँ जन्मजयन्ती यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टी धुलिखेल नगर समितिको आयोजनामा धुलिखेलस्थित सरस्वती बजारमा मनाइएको छ ।
कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता रञ्जीव श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा नगर अध्यक्ष बुद्धराम वेयजु श्रेष्ठ, जवाहरलाल योगल तथा पुण्यप्रसाद रिजालले मन्तव्य व्यक्त गर्दै मुलुकको विकास र प्रजातन्त्र स्थापनामा स्वर्गीय राजा वीरेन्द्रको ऐतिहासिक योगदानको स्मरण गरेका थिए । स्वर्गीय राजा वीरेन्द्रलाई शान्तिप्रेमी, प्रजातन्त्रप्रति प्रतिबद्ध तथा राष्ट्रिय एकताका प्रतीकका रूपमा चित्रण गर्दै उहाँको योगदान आज पनि सान्दर्भिक रहेको बताए ।
कार्यक्रममा उपस्थित पार्टी नेता, कार्यकर्ता तथा स्थानीयवासीहरूले स्वर्गीय राजा वीरेन्द्रको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए ।