कांग्रेसको समानुपातिक सूचीमा सिन्धुपाल्चोक र ललितपुर सहित ११ जिल्लाका एक जना पनि अटाएनन्
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा सबैभन्दा धेरै उम्मेदवारहरू धनुषा जिल्लाबाट परेका छन्।
उम्मेदवारको सूचीमा धनुषाबाट ७ जना र काठमाडौंबाट ६ जना परेका छन् भने सुनसरी र झापाबाट ५–५ जना र बर्दियाबाट ३ जना परेका छन्। ११ जिल्लाबाट भने कुनै पनि उम्मेदवार समानुपातिक सूचीमा परेका छैनन्।
चितवन, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, ललितपुर, मनाङ, म्याग्दी, लमजुङ, प्युठान, रुकुम पूर्व र रुकुम पश्चिमका कुनै पनि उम्मेदवार समानुपातिक सूचीमा परेका छैनन्।
समानुपातिक सूचीमा पंचायतकादेखि बारम्बार मन्त्री र सांसद भएका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्म समेटिएका छन् । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भिष्म आङदम्बेदेखि भीमसेनदास प्रधानसम्मका नाम पनि समेटिएका छन्। पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीदेखि उनका बैनी गोमा केसीसम्मको नाम पनि अटाएको छ।






