बनेपा–१४ काँक्राबारीमा २० गतेदेखि फुटबल प्रतियोगिता हुँदै

by | पुस १६, २०८२

बनेपा–१४ काँक्राबारीमा २० गतेदेखि फुटबल प्रतियोगिता हुँदै

बनेपा नगरपालिका–१४ काँक्राबारीमा फुटबल प्रतियोगिता आयोजना गरिएको छ । पौष २० गतेदेखि प्रतियोगिता सुरु हुनेछ । मजुवाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता एनडिओ खेलमैदान पेरुङ्गेमा सञ्चालन हुने छ। इच्छुक टिमलाई समयमै नाम दर्ता गर्न आयोजकको आग्रह छ ।