भेट्रान पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक न्यू गौखुरेश्वर युवा क्लवलाई

by | पुस १६, २०८२

भेट्रान पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक न्यू गौखुरेश्वर युवा क्लवलाई

धुलिखेल/न्यू गौखुरेश्वर युवा क्लव धुलिखेलको आयोजनामा गौखुरेश्वर कप जिल्लाब्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता २०८२ समापन भएको छ । भेट्रान कपको उपाधी आयोजकले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा न्यू गौखुरेश्वर युवा क्लबले शारदा देवी युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो । निकै रोमाञ्चक बनेको पहिलो सेट शारदा युवा क्लवले जित्दै खेलको सुरुआत ग¥यो । त्यसपछि न्यू गौखुरेश्वरले खेलमा पूर्ण नियन्त्रण कायम राख्दै उसले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–१८, २५–१७ र २५–१३ ले जित्दै प्रथम स्थान सुरक्षित ग¥यो । प्रतियोगितामा सहभागी सबै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा ज्वाला भोमी स्पोट्र्स क्लबलाई लड्केश्वर युवा क्लबले ३–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको तेस्रो स्थान हासिल ग¥यो ।  

भलिबल प्रतियोगिताको तेस्रो स्थान तथा फाइनल खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन ्। कडा प्रतिस्पर्धा र दर्शकको उल्लेख्य उपस्थितिबीच न्यू गौखुरेश्वर युवा क्लबले उपाधि जित्दा लड्केश्वर युवा क्लब तेस्रो स्थानमा सीमित रहन सफल भएको छ । नगर उपप्रमुख निराजन जंगमले प्रतियोगिताको समापन गर्दै खेल र स्वास्थ्यसँग राष्ट्र र नागरिकको भविश्य जोडिने भएकाले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताए । ४१ वर्ष माथीका खेलाडीहरु उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । विजेतहरुलाई उपप्रमुख जंगमले पुरस्कार वितरण गरेका थिए ।
जिल्लाका ६ वटा समुह सहभागि भएका थिए । समु्ह क मा ज्वालाभूमी युवा क्लव, लड्केश्वर युवा क्लव, धुलिखेल ९ र समुह ख मा रोशी युवा क्लव, शारदादेवी युवा क्लव र न्यू गौखुरेश्वर युवा क्लव रहेका थिए । प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार ५ सय ५ नगद सहित ट्रफी मेडल, प्रमाणपत्र उपलब्ध गराईएको छ भने द्धितीय पुरस्कार १० हजार ५ सय ५५ ट्रफी मेडल सहित प्रमाणपत्र र तेश्रो हुनेले ५ हजार ५ सय ५५ ट्रफी सहित मेडल र प्रमाणपत्र उपलब्ध गराईएको छ । त्यस्तै उत्कृष्ट खेलाडी, वेस्ट डिफेन्स, बेस्ट सटर, बेस्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडी सहितलाई पुरस्कार उपलब्ध हुनेछ । उत्कृष्ट सटर शारदा देवि युवा क्लवका भैरब के सी, उत्कृष्ट स्पाईकर शारदा देवि युवा क्लवका हरिनारायण श्रेष्ठ, उत्कृष्ट ब्लकर न्यू गौखुरेश्वोर युवा क्लवका रोहन तुसुजु, उत्कृष्ट डिफेन्स न्यू गौखुरेश्वोर युवा क्लबका रोहित तुसुजु र उत्कृष्ट खेलाडी न्यू गौखुरेश्वोर युवा क्लवका ओमकार जंगम घोषित भए । प्रत्येक खेलमा म्यान अफ द म्याचको ब्यवस्था गरिएको आयोजक संस्थाका कोषाध्यक्ष कृष्णराम देवजुले जानकारी दिए । संस्थाका अध्यक्ष शुशिलकुमार मानन्धरको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको समापन खेलमा वडा अध्यक्षहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।