किन आवश्यक छ तथ्यांक ? तथ्यांक समन्वय कार्यालयले के गर्छ ?

तथ्याङ्क ऐन, २०१५ अन्तर्गत तथ्याङ्क सङ्कलन, सङ्ग्रह,प्रशोधन,विश्लेषण, प्रकाशन र प्रसारका लागि केन्द्रीय निकायको रुपमा वि.सं. २०१५ सार पुष १७ गते केन्द्रीय तथ्याङ्क विभागको स्थापना भएको थियो । यो विभाग मातहत रहेर २०५० सालमा ७५ वटा जिल्ला हेर्ने गरि ३३ वटा शाखा तथ्याङ्क कार्यालयको स्थापना गरिएको थियो । उक्त ३३ कार्यालयहरु मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्ला कार्यक्षेत्र रहने गरी शाखा तथ्याङ्क कार्यालय, काभ्रेपलाञ्चोकको स्थापना भएको थियो ।
विक्रम संबत २०७९ भाद्र २८ मा नयाँ तथ्याङ्क ऐन, २०७९ जारी भए पछि साविकको केन्द्रीय तथ्याङ्क विभागलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा स्तरोन्नति गर्ने प्रावधान राख्यो । फलस्वरुप विक्रम सम्बत २०७९ आश्विन २७ गते राष्ट्रिय तथ्याङ्क कार्यालयको स्थापना भयो । हाल राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत देशका ७७ वटै जिल्ला हेर्ने गरि विक्रम संबत २०८१ साल साउन १ गते १८ वटा तथ्याङ्क समन्वय कार्यालय स्थापना भएका छन् । विगतमा तथ्याङ्क कार्यालयको नेतृत्व तथ्याङ्क अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) बाट भएको थियो भने हाल तथ्याङ्क समन्वय कार्यालयको नेतृत्व तथ्याङ्क समन्वय अधिकारी (राजपत्राङ्कित द्दितीय श्रेणी) बाट भैरहेको छ । यस कार्यालयको कार्यक्षेत्र बागमती प्रदेश अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला रहेको छ । साविक केन्द्रीय तथ्याङ्क विभाग स्थापना गर्नुको मुख्य उद्देश्य आवधिक विकास योजना, नीति तर्जुमा र निर्णय निर्माणमा आवश्यक तथ्याङ्क सरकारलाई उपलब्ध गराउनु  थियो भने त्यसका लागि कार्यक्षेत्र भित्रका जिल्लाहरुमा आवश्यक तथ्याङ्क संकलन गर्नु, तथ्याङ्कीय क्रियाकलापहरु अभिवृद्धि गर्नु तथा तथ्याङ्कको पैरवी गर्नु यस कार्यालयको मुख्य उद्देश्य रहेको छ । तथ्याङ्क  प्रयोगकर्ताहरूबिच निरन्तर सहकार्य र सुसम्बन्ध राख्दै नेपालको तथ्याङ्कीय प्रणालीको विकास र सुदृढीकरणमा तथ्याङ्क समन्वय कार्यालय प्रतिवद्ध रहेको छ । 
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट हुने मुख्य मुख्य गणना तथा सर्वेक्षणहरु  
प्रत्येक १०/१० वर्षमा राष्ट्रिय जनगणना (पहिलो वि.सं. १९६८ –पछिल्लो २०७८ बाह्रौ जनगणना)
प्रत्येक १०/१० वर्षमा राष्ट्रिय कृषिगणना (पहिलो वि.सं. २०१८ –पछिल्लो २०७८ सातौं)
राष्ट्रिय आर्थिक गणना (पहिलो वि.सं.२०७५) दोश्रो यसै आर्थिक वर्षमा संचालन हुन गइरहेको ।
तराष्ट्रिय औद्योगिक गणना (पहिलो वि.सं. २०२२ –पछिल्लो २०६९ दशौं)
-राष्ट्रिय औद्धोगिक सर्वेक्षण (पहिलो वि.सं. २०२९ –पछिल्लो २०७६ छैठौ)
नेपाल जीवनस्तर सर्वेक्षण हाल सम्म ४ वटा सर्वेक्षण सम्पन्न 
-नेपाल श्रमशत्ति सर्वेक्षण हाल सम्म ३ वटा सर्वेक्षण सम्पन्न चौथो सर्वेक्षण यसै आर्थिक वर्षमा संचालन हुँदै ।
नेपाल बहु सुचकांक सर्वेक्षण 
त्रैमासिक कुल ग्राहस्थ उत्पादन (न्म्ए) (प्रदेश स्तरीय तथा देशको) 
बार्षिक कुल ग्राहस्थ उत्पादन (न्म्ए) (प्रदेश स्तरीय तथा देशको)
माथिका मुख्य मुख्य गणना तथा सर्वेक्षणहरुमा तथ्याङ्क समन्वय कार्यालयबाट राष्ट्रिय तथ्याङ्क कार्यालयको निर्देशन अनुसार स्थलगत तथ्याङ्क संकलन कार्य गर्ने तथा संकलित तथ्याङ्कहरु निर्देशन अनुसार कम्प्युटरमा इन्ट्री समेत गर्ने ।आ.व. ०८१/०८२ मा तथ्याङ्क समन्वय काभ्रेपलाञ्चोकबाट सम्पन्न कार्यहरु 
१. कार्यालयबाट सम्पन्न हुने नियमित कार्यहरु 
त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क संकलन (तोकिएका सरकारी कार्यालय तथा प्रतिष्ठानहरुबाट त्रैमासिक रुपमा तथ्याङ्क संकलन) वार्षिक राष्ष्ट्रिय लेखा तथ्याङ्क संकलन (तोकिएका संघ प्रदे्शका सरकारी कार्यालयहरु तथा स्थानीय तहहरु, उद्योग प्रतिष्ठानहरुबाट वार्षिक रुपमा तथ्याङ्क संकलन)
त्रैमासिक रुपमा छानिएका उद्योगहरुबाट औद्योगिक उत्पादन तथा मूल्य संकलन  त्रैमासिक रुपमा कार्यक्षेत्रका छानिएका पाँच वटा वजारहरुबाट निर्माण सामाग्रीहरुको मूल्य संकलन त्रैमासिक रुपमा छानिएका पाँच जना कृषकहरुबाट कृषि उपजहरुको मूल्य संकलन 
२. कार्यालयबाट गत आ.ब ०८१/०८२ मा सम्पन्न अन्य कार्यहरु 
काभ्रेपलाञ्चोक जिल्लामा व्यवसायिक आलु खेती सर्वेक्षण
यो सर्वेक्षणमा पहिलो पटक सर्वेक्षणका सम्पूर्ण क्रियाकलापहरु (प्रश्नावली निर्माण, सूचीकरण कार्य, नमूना छनौट, मुख्य तथ्याङ्क संकलन, डाटा इन्ट्री नतिजा प्रकाशन) जिल्लाबाट नै संचालन गरिएको थियो । उक्त सर्वेक्षण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको माइलस्टोनमा समेत रहेको थियो । 
नेपाल तथ्याङ्कीय व्यवसायिक रजिष्टर अध्यावधिक कार्य 
कार्यक्षेत्र भित्रका जिल्लामा संघ तथा प्रदेश सरकारका कार्यालयहरु र स्थानीय तहहरुमा दर्ता भएका सम्पूर्ण व्यवसायिक प्रतिष्ठानहरुको सूची अध्यावधिक गर्ने कार्य गरिएको थियो । 
निजी शिक्षण संस्था सर्वेक्षणको स्थलगत तथ्याङ्क संकलन
कार्यक्षेत्र भित्रका जिल्लाहरुमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्राप्त छनौटमा परेका ९८ वटा निजी शिक्षण संस्थाहरुमा स्थलगत तथ्याङ्क संकलन र प्राप्त Data Entry format मा उक्त संकलित तथ्याङ्कहरु प्रविष्टि गरि कार्य सम्पन्न गरिएको । 
व्यवसायिक कुखुरापालन सर्वेक्षण
कार्यक्षेत्र भित्रका जिल्लाहरुमा व्यवसायिकरुपमा कुखुरा पालन गर्ने कृषकहरुको सूचिकरण कार्य गरि राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाईएको र चाार जिल्लामा छनौटमा परेका ३२० वटा कृषक तथा फर्महरुबाट स्थलगत तथ्याङ्क संकलन गरि राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाईएको । 
अन्तराष्ट्रिय तुलना कार्यक्रम सम्बन्धी मूल्य तथ्याङ्क  संकलन
    काभ्रेपलाञ्चोक जिल्लाको बनेपा र धुलिखेल बजारमा (राष्ट्रिय तथ्याङ्क कार्यालयबाट तोकिएको) नियमित रुपमा (मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक) विभिन्न घरायसी उपभोग्य वस्तुहरु तथा निर्माण क्षेत्रमा प्रयोग हुने वस्तुहरुको मूल्य संकलन गरि प्राप्त Data Entry format मा उक्त संकलित तथ्याङ्कहरु प्रविष्टि गरि कार्य सम्पन्न गरिएको । 
मत्स्य तथा वन तथ्याङ्क अद्यावधिक गर्ने कार्यको लागि तथ्याङ्क संकलन
कार्यक्षेत्र भित्रका चार वटै जिल्लाहरुमा माछापालन गर्ने कृषक तथा फर्महरुबाट सूचिकरण तथा चार वटै जिल्लाका सामुदायिक, कवुलियति, धार्मिक तथा निजी वनहरुको विवरण संकलन गरि राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाईएको । 
तथ्याङ्क समन्वय कार्यालय मार्फत् स्थानीय तहमा राष्ट्रिय तथ्यगत विवरणको कार्यन्वयनको अनुगमन
कार्यक्षेत्र भित्रका ४२ वटा स्थानीय तहहरु मध्ये तोकिएका ५ वटा स्थानीय तहहरुमा राष्ट्रिय तथ्यगत विवरण (NDP) को Data Entry कार्यको अनुगमन गरि सो Portal मा Data Entry कार्य गर्न सहजीकरण गरिएको । 
नाफा नकमाउने संस्थाहरुको तथ्यांक संकलन 
कार्यक्षेत्र भित्रका जिल्लाहरुमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्राप्त छनौटमा परेका ११९ वटा निजी नाफा नकमाउने संस्थाहरुमा स्थलगत तथ्याङ्क संकलन गरि राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाईएको ।
राष्ट्रिय लेखा रिबेसिङ्ग सम्वन्धी कार्यको तथ्यांक संकलन 
कार्यक्षेत्र भित्रका जिल्लाहरुमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्राप्त विभिन्न ५ वटा क्षेत्रहरुको राष्ट्रिय लेखा Rebasing कार्यको तथ्याङ्क संकलन गरि प्राप्त म्बतब Data Entry format मा उक्त संकलित तथ्याङ्कहरु प्रविष्टि गरि कार्य सम्पन्न गरिएको ।
पालिका प्रोफाईल तयारी 
कार्यक्षेत्र भित्रका २ वटा स्थानीय तह (भिमेश्वर नगरपालिका र महाभारत गाउँपालिका) को प्रोफाइल तयार गरिएको र उक्त तयार गरिएको प्रोफाइल सम्वन्धित स्थानीय तहको समन्वय र सहयोगमा छपाई कार्य समेत गरिएको । 
आन्तरिक पर्यटन सर्वेक्षणको स्थलगत तथ्याक संकलन 
कार्यक्षेत्र भित्रका जिल्लाहरुमा छानिएका १७ वटा गणना क्षेत्रमा आन्तरिक पर्यटन सर्वेक्षणको स्थलगत तथ्याङ्क संकलन कार्य सम्पन्न गरिएको । यो सर्वेक्षण कार्य Tablet मा गरिएको र सो संकलित विवरण अनलाइन मार्फत राष्ट्रिय तथ्याङ्क कार्यालयको Server मा पठाईएको । 
स्थानीय तहहरूमा तथ्याङ्कीय साक्षरता कार्यक्रम संचालन
कार्यक्षेत्र भित्रका जिल्लाका ४ वटा स्थानीय तहहरुमा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको ।
आर्थिक गणनाको तथ्याङ्क आवश्यकता विषयमा सरोकारवालासँग जिल्ला तहमा अन्तरक्रिया/ गोष्ठी तथा प्रश्नावली परिक्षण
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट यस आ.व ०८२/०८३ मा संचालन गर्न गईरहेको दोश्रो राष्ट्रिय आर्थिक गणनाको तयारीका लागि आर्थिक गणना तथ्याङ्कको आवश्यकता विषयमा सरोकारवालासँग काभ्रपलाञ्चोक जिल्लामा अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको तथा आगामि आर्थिक गणनाको लागि तयार गरिएको मस्यौदा प्रश्नावलीको परिक्षण कार्य सम्पन्न गरिएको । 
केहि अस्थायी वालीहरुको उत्पादक लागत मूल्य संकलन  
कार्यक्षेत्र भित्रका जिल्लाहरुमा छानिएका १४३ कृषकहरुसंग केहि अस्थायी वालिहरु (चैते धान, वर्षे धान, मकै, गहुँ र आलु) को उत्पादक लागत मूल्य संकलन गरि सो संकलित विवरण राष्ट्रिय तथ्याङ्क कार्यालय पठाईएको । 
यस  चालु आ.व. ०८२/०८३ मा तथ्याङ्क समन्वय काभ्रेपलाञ्चोकबाट हुने मुख्य कार्यहरु 
१. कार्यालयबाट गरिने नियमित कार्यहरु 
-त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क संकलन (तोकिएका सरकारी कार्यालय तथा प्रतिष्ठानहरुबाट त्रैमासिक रुपमा तथ्याङ्क संकलन) 
-वार्षिक राष्ष्ट्रिय लेखा तथ्याङ्क संकलन (तोकिएका संघ प्रदे्शका सरकारी कार्यालयहरु तथा स्थानीय तहहरु, उद्योग प्रतिष्ठानहरुबाट वार्षिक रुपमा तथ्याङ्क संकलन)
-त्रैमासिक रुपमा छानिएका उद्योगहरुबाट औद्योगिक उत्पादन तथा मूल्य संकलन 
-त्रैमासिक रुपमा कार्यक्षेत्रका छानिएका पाँच वटा वजारहरुबाट निर्माण सामाग्रीहरुको मूल्य संकलन
त्रैमासिक रुपमा छानिएका पाँच जना कृषकहरुबाट कृषि उपजहरुको मूल्य संकलन 
२. कार्यालयबाट यस आ.ब मा गरिने अन्य कार्यहरु 
राष्ट्रि आर्थिक गणना २०८२
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट चालु आ.व ०८२/०८३ मा संचालन गरिने दोश्रो आर्थिक गणना कार्यको लागि आगामि चैत महिना देखि करिव ४ महिनाका लागि सवै जिल्लामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरि सो गणना कार्य सम्पन्न गरिने । सो गणना कार्यका लागि काभ्रेपलाञ्चोकमा तथ्याङ्क समन्वय कार्यालयबाट नै जिल्ला आर्थिक गणना कार्य संचालन गरिने ।  
व्यवसायिक तरकारी खेती सर्वेक्षण 
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट चालु आ.व ०८२/०८३  मा संचालन गर्न लागिएको व्यवसायिक तरकारी खेती सर्वेक्षण कार्यको लागि कार्य क्षेत्रभित्रका जिल्लाहरुबाट व्यवसायिक तरकारी खेती गर्ने करिव ११,००० कृषक तथा कृषि फर्महरुको सूचीकरण कार्य सम्पन्न गरि राष्ट्रिय तथ्याङ्क कार्यालय पठाईएको र उक्त सर्वेक्षणको मुख्य फिल्ड कार्य यसै आ.व मा संचालन हुने । 
स्थलगत यातायात सर्वेक्षण २०८२
चालु आ.व ०८२/०८३  मा संचालन हुने यातायात सर्वेक्षणका लागि कार्यक्षेत्रका जिल्लाहरुमा यातायात व्यवसायिहरुको सूचीकरण कार्य सम्पन्न गरि सो विवरण राष्ट्रिय तथ्याङ्क कार्यालय पठाईएको र उक्त सर्वेक्षणको मुख्य फिल्ड कार्य यसै आ.व मा संचालन हुने । 
निजी स्वास्थ्य संस्था सर्वेक्षण २०८२
चालु आ.व ०८२/०८३ मा संचालन हुने निजी स्वास्थ्य संस्था सर्वेक्षण कार्यको लागि कार्य क्षेत्र भित्रका जिल्लाहरुमा संचालित निजी स्वास्थ्य संस्थाहरुको सूचिकरण कार्य सम्पन्न गरि उक्त विवरणहरु  राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाईएको तथा उक्त सर्वेक्षणको मुख्य फिल्ड कार्य यसै आ.व मा संचालन हुने । 
तथ्याङ्क समन्वय कार्यालय मार्फत् स्थानीय तहमा राष्ट्रिय तथ्यगत विवरणको कार्यन्वयनको अनुगमन
कार्यक्षेत्र भित्रका ४२ वटा स्थानीय तहहरु मध्ये तोकिएका ९ वटा स्थानीय तहहरुमा राष्ट्रिय तथ्यगत विवरण (NDP) को Data Entry कार्यको अनुगमन गरि सो Portal मा Data Entry कार्य गर्न सहजीकरण गरिएको । 
पालिका प्रोफाइल तयारी
कार्यक्षेत्र भित्रका २ वटा स्थानीय तह (मन्थली नगरपालिका, रामेछाप र गौरीशंकर गाउँपालिका, दोलखा) को प्रोफाइल तयार गर्ने क्रममा रहेको । 
आन्तरिक पर्यटन सर्वेक्षणको स्थलगत तथ्याङ्क संकलन
कार्यक्षेत्र भित्रका जिल्लाहरुमा छानिएका ५ वटा गणना क्षेत्रमा आन्तरिक पर्यटन सर्वेक्षणको स्थलगत तथ्याङ्क संकलन कार्य सम्पन्न गरिएको । यो सर्वेक्षण कार्य Tablet मा गरिएको र सो संकलित विवरण अनलाइन मार्फत राष्ट्रिय तथ्याङ्क कार्यालयको Server मा पठाईएको । 
स्थानीय तहहरूमा तथ्याङ्कीय साक्षरता कार्यक्रम संचालन
कार्यक्षेत्र भित्रका जिल्लाका ३ वटा स्थानीय तहहरुमा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको र २ वटा स्थानीय तहमा यसै चालु आ.व ०८२/०८३ मा कार्यक्रम संचालन गरिने ।
अस्थायी वालीहरुको उत्पादक लागत मूल्य संकलन  
कार्यक्षेत्र भित्रका जिल्लाहरुमा तोकिएका कृषकहरुसँग तोकिएका अस्थाई वालीहरुको उत्पादक लागत मूल्य संकलन यसै चालु आ.व ०८२/०८३  मा संचालन गरिने । 
तथ्याङ्क समन्वय कार्यालय, काभ्रेपलाञ्चोकको अनुरोध
संघ, प्रदेश र स्थानीय तहको योजना तर्जुमा र नीति निर्माणको मूल आधार तथ्याङ्क भएकोले राष्ट्रिय तथ्याङ्क कार्यालय र यस कार्यालयबाट विभिन्न समयमा संचालन हुँने गणना, सर्वेक्षण र नियमित तथ्याङ्क संकलनको सिलसिलामा विभिन्न विवरणहरु माग गरिने हुँदा विवरण संकलन गर्न याहाँहरुको घर, कार्यालय, उद्योग व्यवसाय तथा प्रतिष्ठानमा आउने कर्मचारीहरुलाई सत्य तथ्य विवरण उपलब्ध गदिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । यहाँहरुले उपलब्ध गराउनु भएको विवरहरु तथ्याङ्क ऐन २०७९ बमोजिम गोप्य राखिने छ । केवल सामूहिक रुपमा तथ्याङ्कीय प्रयोजको लागि प्रकाशनमा ल्याइने छ ।