विशेष महाधिवेशनको दस्ताबेज लेख्न गगन थापा धुलिखेलमा

by | पुस १७, २०८२

विशेष महाधिवेशनको दस्ताबेज लेख्न गगन थापा धुलिखेलमा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको तयारीका लागि धुलिखेल आइपुगेका छन् । नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि महामन्त्री थापाले विशेष महाधिवेशनको तयारी थालेका हुन् । विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हल बुक गराएर महामन्त्री थापा दस्ताबेज लेखनका लागि थापा धुलिखेल आइपुगेका एक नेताले बताए । थापा अब दुई दिन दस्ताबेज लेखनमा व्यस्त रहने स्रोतको भनाई छ । विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको पार्टी नेतृत्वलाई पनि जानकारी गराउने तयारी भइरहेको ती नेताले बताए । भोलि विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन पनि राखेका छन् । विशेष महाधिवेशनको लागि महामन्त्रीद्वयको आह्वान आजै नभएपनि नियमित महाधिवेशन प्रभावित भएको विषयमा महामन्त्री थापा र विश्वप्रकाश शर्माको तर्फबाट संयुक्त धारणा आउनसक्ने ती नेताले सुनाए । महामन्त्रीद्वयले विशेष महाधिवेशनको तयारी अघि बढाएपनि संस्थापन पक्ष चुनावपछि नियमित महाधिवेशनको पक्षमा उभिएको छ । यसैबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गर्ने भनिएको वार्ता स्थगित भएको छ। देउवाले ५ बजे निवासमा महामन्त्रीद्वलाई छलफलको लागि बोलाएको भएपनि अन्तिम समयमा आएर रोकिएको हो ।