डा.अम्बुभवानी कार्की राष्ट्रिय परीक्षा बोर्डको सदस्यमा नियुक्त
पनौतीमा रहेको जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था तेजगंगा बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) सदस्यमा नियुक्त भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डको पौष १४ को निर्णय अनुसार ४ वर्षका लागि डा.कार्की सदस्यमा नियुक्त भएकी हुन् ।
बोर्डका सदस्य सचिव जंग बहादुर अर्यालले उनलाई नियुक्ति पत्र प्रदान गरेका छन् । कार्की पब्लिक क्याम्पस संघको सल्लाहकार पनि हुन् । डा. कार्कीसँग शिक्षा क्षेत्रको लामो अनुभव छ । उनको प्रवेशसँगै बोर्डका समस्याहरु समाधान हुने र जिल्लाका विषय केन्द्रसम्म पुग्ने भन्दै जिल्लावासीले खुसी व्यक्त गरेका छन् ।
पनौतीमा रहेको तेजगंगा क्याम्पसकी संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) सदस्यमा नियुक्त भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डको पौष १४ को निर्णय अनुसार ४ वर्षका लागि डा.कार्की सदस्यमा नियुक्त भएकी हुन् । बोर्डका सदस्य सचिव जंग बहादुर अर्यालले उनलाई नियुक्ति पत्र प्रदान गरेका छन् । कार्की पब्लिक क्याम्पस संघको सल्लाहकार पनि हुन् । डा. कार्कीसँग शिक्षा क्षेत्रको लामो अनुभव छ । उनको प्रवेशसँगै बोर्डका समस्याहरु समाधान हुने र जिल्लाका विषय केन्द्रसम्म पुग्ने भन्दै जिल्लावासीले खुसी व्यक्त गरेका छन् ।






