पनौती–३ कुशादेवीका ६० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण

by | पुस १७, २०८२

पनौती–३ कुशादेवीका ६० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण

पनौती नगरपालिका वडा नम्बर ३ का ६० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । लायन्स क्लव अफ काठमाडौं न्यू श्री माछापोखरी र लायन्स क्लव अफ काठमाडौं उर्जाशिल नुवाकोटको आयोजनामा कम्बल वितरण गरिएको हो । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाको सभापतित्व रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख भण्डारीले ज्येष्ठ नागरिकको स्वास्थ्य, सुरक्षा र सम्मान सबैको साझा जिम्मेवारी भएको बताए । चिसोयाममा लायन्ले महत्वपूर्ण सहयोग गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरेका छन् । कम्बल आत्मियताको प्रतिकको रुपमा वितरण गरिएको उनले बताए । आगामी दिनमा पनि यस्तै सहयोग रहिरहने विश्वास नगर प्रमुख भण्डारीले व्यक्त गरेका छन् ।

वडा अध्यक्ष सापकोटाले ज्येष्ठ नागरिकको सम्मानलाई जिउँदो इतिहासको सम्मानका रुपमा अथ्र्याएका छन् । वडा सदस्यहरुले अग्रजको मार्गनिर्देशन र सुझावका आधारमा वडाले थप कार्यक्रम गर्ने बताए । यस्तै बालमैत्री सहजकर्ता गिता थापाले बालबालिकाले ज्येष्ठनागरिकबाट धेरै ज्ञान आर्जन गर्न सक्ने भन्दै हरेक घरमा पारिवारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनीहरुप्रतिको सम्मान बालबालिका बाटै सुरु हुने उनको भनाई थियो ।