बालमैत्री वडा दिगोपनाका लागि अनुगमन
बालमैत्री वडा दिगोपनाका लागि पनौती नगरपालिका वडा नम्बर ४ का विभिन्न क्षेत्रको अनुगमन गरिएको छ । होटल, पसल, ग्यारेज, वर्कशप तथा व्यवासाययिक र व्यापारीक स्थलहरुको अनुगमन गरिएको हो । वडा अध्यक्ष दिपक दाहालको अध्यक्षतामा भएको अनुगमनमा कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा, वडा सचिव भिमप्रसाद दाहाल, बालमैत्री सहजकर्ता सुस्मा तामाङ, वडा नं. ८ मा कार्यरत बालमैत्री सहजकर्ता ललिता धिताल, प्रहरी प्रतिनिधि, आमा समुह प्रतिनिधि, लगायत बालबालिका क्षेत्रमा कार्यरत सरोकारवालको उपस्थिती रहेको थियो ।
वडा अध्यक्ष दाहालले बालबालिकाका अधिकार, सुरक्षा, सहभागितालाई थप सुनिश्चित गर्न अनुगमन गरिएको बताए । उनले बालमैत्री अभ्यासलाई व्यवहारमा उतार्नको लागि विभिन्न कार्यक्रम गरिरहेको पनि बताए । नीति, बजेट र व्यवहारमा नै बालबालिकाका विषयलाई प्राथमिकता दिइएको उनले बताएका छन् ।
बालमैत्री सहजकर्ता सुस्मा तामाङले बालमैत्री वडा दिगोपनाका सुचकका आधारमा अनुगमन गरिएको बताइन् । केहि चुनौतीहरु देखिएको भएपनि सबैको साझा प्रयासमा बाल अधिकार संरक्षण गर्ने उनको भनाई छ ।






