एबिएम स्कुलमा विपद व्यवस्थापन सम्बन्धी अभ्यास

by | पुस १८, २०८२

एबिएम स्कुलमा विपद व्यवस्थापन सम्बन्धी अभ्यास

बनेपा/बनेपा ११ मा रहेको आदर्श विद्या मन्दिर स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरूका लागि आगलागी, भूकम्प, बाढी पहिरो जस्ता विपदहरूबाट बच्नका लागि आईएसओ मापदण्ड अनुसार विद्यार्थीहरुलाई विभिन्न व्यवस्थापन सम्बन्धी विज्ञ व्यक्तिहरुबाट अभ्यास गराएको छ ।

सुरक्षित स्थानमा बस्न, विद्यालयका कक्षाकोठा, होटल, सिनेमा हल विभिन्न सपिङ मलहरुमा पुगेको अवस्थामा भूकम्प आउँदा कसरी सुरक्षित रहने ? सावधानीपूर्वक सुरक्षित स्थानमा बस्न र घटना भएको स्थानमा विद्यार्थी, अभिभावक वा अन्य महानुभावहरू रहनुभएको भए उद्धार गर्नका लागि सक्रिय भूमिका साथै विपद उद्धार टोलीलाई सम्पर्क गर्न अनुरोध गरिएको थियो ।

विपदका समयमा सम्पर्क नम्बर र फायर एक्सटेन वेदर कसरी प्रयोग गर्ने ? आगोको गति नियन्त्रण गर्न कुन स्थानबाट कार्य सुरु गर्ने साथै घरमा ग्यास चुलो अन्य विद्युतीय सामग्रीहरुमा आगलागि भएमा सेफ्टी प्लान्टेड साइरन र अन्य सामग्रीहरूको उचित प्रयोग गर्ने तरिकाबारे अभ्यास गराईएको थियो । तिन दिनसम्म आयोजित अभ्यास तालिम विद्यार्थीहरुका लागि आयोजना गरिएको थियो भने शुक्रबार आज पौष १८ गते अभिभावक सहित अन्य सरोकारवालाहरूको निगरानीमा प्रदर्शनी गरिएको प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।