क्यान्सर सचेतनाको टोली फिदिम पुग्यो
अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ तारिख (पुस १७) को दिन पाँचथरस्थित उत्तरपूर्वी सीमाना चिवाभञ्ज्याङबाट पश्चिम बैतडीको झुलाघाटसम्मको एक महिना लामो १८०० किमी मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियान चिवाभञ्ज्याङबाट थालनी भई टोली फिदिम आईपुगेको छ ।
फिदिममा आईपुगेपछि फिदिमस्थित विद्या वरदान बोर्डिङ स्कुलका ८, ८ र १० का करिब २५० विद्यार्थीहरुलाई उक्त टोलीका प्रा.डा. सुमन राज ताम्राकारले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषय माथि प्रस्तुती दिए । अन्तरक्रियात्मक रहेको क्यान्सर सम्बन्धी स्वास्थ्य चेतना कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल गजेन्द्र माबो, ईन्चार्ज अनोज भट्टराई, नेपाल पत्रकार महासंघ, फिदिम शाखाका सभापति भीम बास्कोटा, स्कुलका शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो ।






