इक्यानको केन्द्रीय सदस्यमा काभ्रेका नवराज नेपालको उम्मेदवारी घोषणा, १० प्रतिबद्धता

by | पुस २०, २०८२

इक्यानको केन्द्रीय सदस्यमा काभ्रेका नवराज नेपालको उम्मेदवारी घोषणा, १० प्रतिबद्धता सार्वजनिक

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी केन्द्रीय समिति निर्वाचनका लागि काभ्रेपलाञ्चोकका युवा र अनुभवी शैक्षिक परामर्श व्यवसायी नवराज नेपाल (नवु) ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन लागेको २०औं साधारण सभा तथा निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनले अनुभवी र व्यवहारिक नेतृत्व, सदस्य केन्द्रित दृष्टिकोण र व्यवसायिकतालाई प्राथमिकता दिएका छन्।आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले १० प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।
यी हुन् प्रतिबद्धताः

१.अनुभवी र व्यवहारिक प्रतिनिधित्व – मैदानबाट आएका समस्या केन्द्रीय तहसम्म स्पष्ट रूपमा पुर्याउने।
२.साना र मझौला कन्सल्टेन्सीको बलियो आवाज – सबै सदस्यको समान अधिकार र अवसर सुनिश्चित गर्ने।
३.व्यवसायिकता र मर्यादाको संरक्षण – शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र सम्मानित बनाउने।
४.गैर–राजनीतिक, सदस्य केन्द्रित नेतृत्व – व्यक्ति होइन, संस्था बलियो बनाउने सोच।
५.पारदर्शी निर्णय र जवाफदेही ECAN – सदस्यको हितमा खुला र उत्तरदायी कार्यशैली।
६.समस्या होइन, समाधानमा केन्द्रित भूमिका – आलोचना भन्दा व्यवहारिक समाधान प्रस्तुत गर्ने।
७.क्षेत्रीय आवाजलाई केन्द्रसँग जोड्ने सेतु – जिल्लादेखि केन्द्रसम्म समन्वय र सहभागिता।
८.नयाँ पुस्ता र व्यवसाय सुरक्षामा ध्यान – नवप्रवेशी कन्सल्टेन्सीलाई मार्गदर्शन र संरक्षण।
९.एकता, सहकार्य र संस्थागत सुदृढीकरण – विभाजन होइन, साझा हितमा भ्ऋब्ल् अघि बढाउने।
१०.कर्मले प्रमाणित नेतृत्व – वाचा होइन, कामबाट विश्वास जित्ने प्रतिबद्धता।

नेपालले आफ्नो उम्मेदवारी मार्फत इक्यानलाई अझ पारदर्शी, उत्तरदायी, समावेशी र सशक्त संस्था बनाउन जोड दिएका छन् । उनको उम्मेदवारीसँगै काभ्रे सहित देशभरका युवा तथा अनुभवी व्यवसायीहरूमा नयाँ आशा र उत्साह थपिएको छ।

नेपालका अनुसार इक्यान केवल संस्था नभई, शैक्षिक परामर्श व्यवसायको साझा पहिचान र भविष्यको सुनिश्चितकर्ता हो ।