तोकिए निर्वाचन अधिकृत

by | पुस २०, २०८२

तोकिए निर्वाचन अधिकृत

धुलिखेल/देशभर तोकिए मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन् । फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि नागरिकहरुमा उत्साह कम देखिए पनि दलहरुको उम्मेदवार छनौट र सरकारी तयारीका कारण निर्वाचन हुन लागेको हो कि भन्ने संकेतहरु देखिएका छन् ।
देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्र अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन् । जसका लागि काभ्रेमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने (प्रतिनिधि सभा २) र जिल्ला न्यायाधिबक्ता टिकाभुषण घिमिरे (जिल्ला सरकारी वकिल कार्यालय, प्रतिनिधि सभा १) मा तोकिएका छन् । निर्वाचन अधिकृतहरुको नियुक्ति पछि पहिले मुख्य निर्वाचन कार्यालय र त्यस पछि निर्वाचन कार्यालय स्थापना गरिनेछ ।

मुख्य निर्वाचन अधिकृत नियुक्ति भएका प्रेमप्रसाद न्यौपाने जिल्ला अदालतका न्यायाधीश हुन् । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले निर्वाचनका समयमा आफु घरायसी काममा ब्यस्त हुनु पर्ने बताए पछि अर्का न्यायाधीश न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको हो । जिल्लामा ३ जना न्यायाधीश छन् । जिल्ला न्यायाधिवत्ता टिकाभुषण घिमिरेलाई तोकिएको हो । उनी निर्वाचन क्षेत्र नम्वर १ का निर्वाचन अधिकृत तोकिएका छन् । उनी पौष १८ गते विहिबार मात्रै जिल्लामा हाजिर भएका हुन् ।