सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढ्यो

by | पुस २१, २०८२

सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढ्यो

हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ आज तोलामा १ सय ८५ रुपैयाँले बढेको छ । चाँदी आज १ सय ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँ थियो ।