एमालेको चुनावी कमान्डर बादल, यी नेतालाई तोकियो प्रदेश संयोजक
नेकपा एमालेले फागनु २१ गतेको प्रतिनिधि सभा चुनवका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको छ। मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
कमिटीको सचिवमा विष्णु रिमाल छन्। त्यस्तै कमिटी सदस्यहरुमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की रहेका छन्।
रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन्।
यस्तै नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले बताए ।
यस्तो छ जिम्मेवारी बाँडफाँट
१. कोशी- शेरधन राई
२. मधेश- लीलानाथ श्रेष्ठ
३. बागमती- महेश बस्नेत
४. राजधानी- डा. राजन भट्टराई
५। गण्डकी- खगराज अधिकारी
६. कर्णाली-यामलाल कँडेल
७. सुदूरपश्चिम- गणेश ठगुन्ना
८. संगठन विभाग- भानुभक्त ढकाल






