स्थापना दिवसमा अशक्त आमा–बुबालाई भोजन सेवा

by | पुस २२, २०८२

स्थापना दिवसमा अशक्त आमा–बुबालाई भोजन सेवा

धुलिखेल, शंखु/पुन्यवती नारी चेतना सीपमुलक सहकारी संस्था लिमिटेड बनेपा २ काभ्रेको २३ औं स्थापना दिवसको अवसरमा मानव कल्याण समाज धुलिखेल १२ शंखुमा सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्त तथा असहाय आमाबुबाहरूलाई भोजन सेवा प्रदान गरेको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष मञ्जु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गोमा घिमिरे, उपाध्यक्ष बबिता थापा, सचिव विमला श्रेष्ठ, कोषाध्यक्ष सावित्री घिमिरे, प्रबन्धक बसन्ती कार्की, लेखा अधिकृत मेघा केसी, सरिता गिरी र सम्झना खतिवडा लगायत शुभचिन्तकहको सहभागिता रहेको थियो ।

स्थापना दिवसलाई औपचारिकतामा सीमित नराखी सेवामूलक कार्य मार्फत मनाइएको अध्यक्ष घिमिरेले बताईन् । मानव सेवाबाट नै समाजको सकारात्मक परिवर्तन सम्भव हुने धारणा उनले व्यक्त गरिन् । संस्थाले विगतदेखि नै असहाय, अशक्त तथा विपन्न वर्गका लागि विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।