धुलिखेल नगरपालिकाको १८ औं नगर अधिवेशन सम्पन्न

by | पुस २२, २०८२

धुलिखेल नगरपालिकाको १८ औं नगर अधिवेशन सम्पन्न

धुलिखेल/ धुलिखेल नगरपालिका नगर सभाको अठारौं अधिवेशन नगरका प्रमुख अशोक ब्यान्जुको अध्यक्षतामा सम्पन्न भएको छ ।
नगर सभामा आ.ब २०८२/८३ को बजेट तथा कार्यक्रम संसोधन, भू–उपयोग वर्गिकरण सम्बन्धि प्रतिबेदन, कार्यपालिका बैठक, विभिन्न विषयगत समिति, पदपुर्ती लगाएत विषयगत विभिन्न समितिहरुले गरेका निर्णय अनुमोदन, नगरपालिकाको संगठन र व्यवस्थापन सर्वेक्षण बारे छलफल गरि सभामा निणार्यथ पेश गरिएको थियो ।

सभामा नगर उप प्रमुख निराजन जङ्गमले बजेट संसोधनको औचित्य बारे तथा प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले बजेट रकमान्तरको बारे सभामा प्रस्तुत गरेका थिए । भु–उपयोग वर्गिकरण सम्बन्धी २ नम्बर वडा अध्यक्ष अर्जुन न्यौपानले, सगंठन तथा ब्यबस्थापन सम्बन्धी वडा अध्यक्ष सन्तमान लामाले प्रस्तुत गरेका थिए ।

सभामा नगर प्रमुख ब्यान्जुले नगरले विभिन्न विकासका कामहरु गर्दै आएको बताए । खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, रोजगार तथा सिपमुलक तालिम, कृषी औजार प्रदान गरेको बताए । कोभिड, बाढी पहिरो लगाएतका विभिन्न विपत्ती आएर विकास निर्माणमा बाधा परेको बताए । धुलिखेल नगरपालिकाले स्थानिय तहमा सबै भन्दा बढी कानुन निमार्ण गरेको ब्यान्जुले बताए ।