अशोक ब्याञ्जु बने एमाले काभ्रेको इन्चार्ज
नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत उपत्यकाका ३ जिल्लाबाहेक अन्य १० वटा जिल्ला कमिटीमा चुनावसम्मका लागि कामको संयोजन गर्न इञ्चार्जहरु तोकेको छ । काभ्रे इन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य अशोक ब्याञ्जुले पाएका छन् । काभ्रेपलान्चोकमा यसअघि गोकुल बास्कोटा इन्चार्ज थिए ।
यी हुन् एमालेका वागमती प्रदेश अन्तर्गतका जिल्ला संयोजन गर्ने इञ्चार्जहरु
१. सिन्धुली: प्रदीप कटुवाल
२. रामेछाप: माधव ढुङ्गेल
३. काभ्रेपलाञ्चोक: अशोक ब्यन्जु
४. सिन्धुपाल्चोक: सुवास कर्माचार्य
५. धादिङ:भूमि त्रीपाठी
६. दोलखा:पार्बत गुरुङ्ग
७. नुवाकोट:केशब पाण्डे
८. रसुवा:प्रेम तामाङ्ग
९. मकवनपुर:रामेश्वर राना
१०. चितवन:देवी ज्ञवाली






