नव प्रतिभा माध्यमिक विद्यालयको ३८ औं वार्षिकोत्सव तथा एसईई सम्मान
पाँचखाल/नभप्रतिभा शैक्षिक विकास प्रतिष्ठान सार्वजनिक गुठीद्धारा सञ्चालित नव प्रतिभा माध्यमिक विद्यालयको ३८ औ वाािर्षकोत्सव एवं एसईई उतिर्ण २०८०/०८१ ब्याचलाई सम्मान कार्यक्रम पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी खरेलले पाँचखाल नगरपालिकाले गुणस्तरीय शिक्षाका लागी विद्यार्थी कम भएका विद्यालयलाई मर्ज गरी ३८ बाट २७ मा झारेको बताए । केहि विद्यालयलाई अझै मर्जमा लगी भेगिय रुपमा केन्द्रिकित गरी गुणस्तरीय शिक्षामा जोड दिने बताए ।
शिक्षा विना समाज परिवर्तन असम्भब रहेकाले मुल विषय नै शिक्षा भएको खरेलले बताए । खरलेलले शिक्षक र विद्यार्थीहरुले मात्रै गुणस्तरीय शिक्षा प्राप्ती गर्न नसकिने भएकाले अभिभाबकको मुख्य भुमिका रहने बताए ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सिपल सरोज न्यौपानेले प्रस्तुत गरेका थिए । न्यौपानेले ३८ वर्ष अघि स्थानीयहरुले ३ महिना सम्म देउसी भैलो खेली रकम संकलन गरेर शुरु गरिएको विद्यालयमा हाल पक्कि भवन, विद्यालय बस, पर्याप्त खेलमैदान लागएत भैतिक पुर्वाधारहरु रहेको बताए ।
विद्यालयमा शैक्षिक सत्र २०८१ सम्म ४ सय ५७ जनाले एस ई ई दिई विद्यालयबाट बाहिरिएको बताए । केहि विद्यालर्थीहरु हाल विभिन्न पेशामा रहि समाज सेवा गर्दै आएको न्यौपानेले बताए ।
विद्यालयले शिक्षकहरुका लागी विषयगत तालिम, विद्यार्थीहरुका लागी डिजिटल माध्यम मार्फत अध्यापन गराउँउदै आएको, सार्वजनिक गुठीको उदेश्य अनुरुप अध्यापन गराउँदै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी जिल्ला प्रथम, पाँचखाल नगरको नमुना विद्यालयका रुपमा रहेको र उक्त विद्यालयको सम्पत्ती सार्वजनीक गुठीको रहेको प्रिन्सिपल सरोज न्यौपानेले बताए ।
कार्यक्रममा पाँचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार, सार्वजनिक शैक्षिक गुठी विद्यालय सघं पेटसानका बरिष्ठ उपाध्यक्ष मेघराज दुलाल, प्याब्सन केन्दिय सदस्य डा. राममणी सापकोटा, जिल्ला अध्यक्ष श्याम बहादुर भुजेल, वडा अध्यक्ष रामशरण दुलाल, नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, गुठी सञ्चालक सदस्य ईश्वरी राजकुमार मैनाली, पुर्व प्रिन्सिपल बैकुण्ठ न्यौपान, विद्यार्थी कक्षा १० मा अध्ययनरत सुप्रिना पराजुली लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रिन्सिपल तिर्थलाल कायस्थले राखेका थिए ।
कार्यक्रममा जग्गादाता, विद्यालयका सहयोगी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुरोज पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विलद्यार्थीहरुले सास्कृतीक कार्यक्रमको आयोजना गरेका थिए ।






