कमलको मुक्काले पाँचखाल तिनपिप्लेमा गणेश ठहरै
धुलिखेल/पाँचखाल नगरपालिका वडा नम्वर १ बस्ने ५६ बर्षिय सुर्यमान कामीले आफ्नो छोरा गणेश कामीलाई धान्यपुर्णिमाको दिन पाँचखाल तिन पिप्ले बजार पुग्ने वितिक्कै साँझ कमल तामाङले मुक्का प्रहार गरी ठहरै बनाएका छन् । कमल पनि अनेकोट ७ हाल पाँचखाल १ स्थायी ठेगनाका हुन् । उनाी २८ बर्षका भए ।
तत्काल स्थानीयको सहयोगमा धुलिखेल अस्पताल पु¥याई केहि दिन भेन्टिलेटरमा राखि उपचार गरिएको थियो । २०८२ मसिंर १८ गते गाँउघरमा लागेको धान्नेपुर्णिमाको जात्रा हेरी मसिंर १९ गते सामान किन्न भनि तिनपिप्ले बजार जाने क्रममा पाँचखाल नगरपालिका १ को तिनपिप्ले बजार पुग्नासाथ साँझ सात बजेको समयमा कमल तामाङले मुक्का हानेका थिए । मसिंर २३ गते गणेशका बुबा सुर्यमान कामीले जाहेरी दिएका थिए । ज्यान सम्वन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । मसिंर २६ गते उपचारका क्रममा गणेशको निधन भएको थियो । लगत्तै कुटपिटका कारण हत्या भएको जाहेरी प्रहरीलाई सुर्यमानले दिए ।
कमलले प्रहरीलाई दिएको बयान अनुसार गणेश कामीले आफु खाजा खाएर बसिरहेको स्थानमा आएर मादक पदार्थ सेवन पछि ठुला ठुला कुरा गरेकाले मुक्का प्रहार गर्दा उनी ढलेका थिए । कमल अदुवा पु¥याउन बजार झरेका थिए । कमलकै मुक्काबाट ढलेका गणेशको उपचारको क्रममा निधन भए पछि उनलाई जन्मकैदको माग गरिएको छ । उनी पुर्पक्षका लागि थुनामा गएका छन् ।





