नमूना मतपत्र छपाइ सुरु, २ करोड मतपत्र छापिने

by | पुस २४, २०८२

नमूना मतपत्र छपाइ सुरु, २ करोड मतपत्र छापिने

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा दश लाख नमूना मतपत्र छपाई सकेको छ ।

यस्तै, भोलिबाट समानुपातिकको मतपत्र छपाइ सुरु हुनेछ ।

सेतो कागजमा कालो चिह्न मतपत्रमा हुनेछ भने मतदाताभन्दा १० प्रतिशत बढी छपाइ हुने बताइएको छ । सरदर २ करोड मतपत्र छापिनेछ ।