कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

by | पुस २५, २०८२

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको छ ।

कांग्रेसमा महाधिवेशनलाई लिएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले आज दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाएका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजना हुने भनिएको पत्रकार सम्मेलन स्थगित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि हिजो बेलुका बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपील गर्ने निर्णय गरेको थियो ।