महाभारतको घर्तिछाप र खानिखोला गाउँपालिकाको जगथलीमा बृहत स्वास्थ्य शिविर, १ हजार २३५ लाभान्वित

डाँडापारी/ जनस्वास्थ्य कार्यालयको नेतृत्वमा जिल्लाको विकट महाभारत गाउँपालिकाको आयोजनामा जनकल्याण माध्यमिक विद्यालय घर्तिछाप र खानीखोला गाँउपालिकाको आयोजनामा कुमारी माध्यमिक विद्यालय जगथलीमा बृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
महाभारत गाँउपालिकामा स्वास्थ्य शिविरबाट ६ सय ७६ जना नागरिक लाभान्वित भएका छन् भने खानीखोलामा ५ सय ५९ जना नागरिकहरु लाभाव्नित भएका छन् । जनस्वास्थ्य कार्यालय प्रमुख रागश्री कक्षपतिको नेतृत्वमा जनस्वास्थ कार्यालयका टीम, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, सिन्धु अपताल, मुटुरोग विशेषज्ञ नाक कान घाटी रोग विशेषज्ञ छातीको एक्सरे विशेषज्ञ, तिलगंगा, ख्वप अस्पताल, रेयुकाई एईको आँखा अस्पताल, मेथिनकोट अस्पताल, मेडिसिन विशेषज्ञ दन्तरोग विशेषज्ञ स्त्रीरोग विशेषज्ञ, प्रजनन स्वास्थ्य, नेपाल परिवार नियोजन सघं तथा धुलिखेल प्राथमिक स्वास्थ्य ल्याव सेवा, स्थानीय स्वास्थ्यकर्र्मीहरुको प्राविधिक सहयोगमा तथा विद्यालयका शिक्षक शिक्षिका तथा स्वयं सेवकहरुले सहयोगमा शिबिर सञ्चालन भएको थियो ।
शिबिरमा महाभारत गाँउपालिकामा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत २३३ जनाको नसर्ने रोग स्क्रिनिङ गरिएको छ भने १८६ जनाको रक्त समूह परीक्षण गरिएको छ । बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले गराएका छन् । त्यस्तै २७१ जनाले छाती परीक्षण गराएका मध्ये १५९ जनाले एक्स–रे सेवा लिएका छन् । सामान्य स्वास्थ्य परीक्षण ३८१ जनाले र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका थिए । त्यस्तै शिविरमा १६८ जनाले दाँत परीक्षण र ३०० जनाले आँखा परीक्षण गराएका थिए । त्यसै गरी खानिखोला गाँउपालिकामा रगत जाँच ३४० जना, आँखा, नाक कान र घाटी ३१२ जना, मुटुरोग/वाथ रोग ३१२ जना, दाँत तथा मुख २२२ जना, जनरल मेडीसन १८२ जना, औषधी वितरण २५४ जना, छाति एक्सरे १५९जना, स्त्री रोग तथा प्रजजन सवा ९३ जना, मुख्यमन्त्री स्वास्थ्य अन्र्तगत नर्सर्ने रोग परिक्षण २०२ जना जनाले परिक्षण गराएका थिए ।
शिबिरमा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले शिविर मार्फत स्थानीय नागरिकले गाउँमै विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेको बताए । पालिकाले भौतिक पुर्वाधार सगै स्वास्थ्य क्षेत्रमा तिब्र रुपमा काम गरेको जिम्बाले बताए । नागरिकको स्वास्थ्य सबै भन्दा महत्वपुर्ण भएकाले पालिकाले सोहि अनुसार काम गरेको बताए । त्यसैगरी खानीखोखोला गाँउपालिका अध्यक्ष ईन्द्र बहादुर थिङले स्वास्थ्य शिबिर बाट नागरिकहरुलाई ठुलो राहत मिलेको बताए । पालिकाको आयोजनामा विगतमा पनि यस्ता शिबिरको आयोजनाहरु गर्दे आएको बताए । जन स्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपतिले स्वास्थ्य शिबिरले सबै नागरिकहरु लाभान्वित भएको बताईन् ।