कांग्रेस विशेष महाधिवेशनः प्रमुख अतिथिका लागि देउवालाई निम्तो पठाइँदै, अन्य दललाई नबोलाइने

by | पुस २५, २०८२

कांग्रेस विशेष महाधिवेशनः प्रमुख अतिथिका लागि देउवालाई निम्तो पठाइँदै, अन्य दललाई नबोलाइने

नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरिरहेको पक्षले पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका पदाधिकारीहरूलाई कार्यक्रमको औपचारिक निमन्त्रणा पठाउने भएको छ।

विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका केन्द्रीय नेताहरूलाई हस्ताक्षरसहितको निमन्त्रणा पत्र पठाउने तयारी गरिएको हो। महाधिवेशनमा अन्य राजनीतिक दलहरुलाई नबोलाइने भएको छ ।

पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने उद्घाटन सत्रका लागि चार ठाउँबाट जुलुस निकाल्ने तयारी गरिएको छ। कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजारबाट जुलुस निकालेर महाधिवेशन स्थल भृकुटीमण्डप पुग्नेछ।