रास्वपा र उज्यालो नेपालबीचको सहमति भाँडिएपछि रास्वपाले बोलायो आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले उज्यालो नेपालसँगको सहकार्य सम्भावना अन्त्य भएको एकतर्फी घोषणा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग राखेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेतृत्वले असहमति जनाएको हो । अवस्था परिवर्तन गर्ने अभियान हो व्यवस्था र संविधानमा विमति नरहेको स्पष्ट धारणा रास्वपाले राखेपछि त्यसमा कुरा नमिलेको उज्जालो नेपालका नेताहरुको दाबी छ । संघीयता र धर्मनिरपेक्षता लोकतान्त्रिक गणतान्त्रिक संरचनाको कुरामा उज्यालो नेपाल पार्टीले फरक धारणा राख्नुपर्ने बताएका थिए। पदाधिकारीमा अहिले भएकोमा थप तीनवटा पद दिनुपर्ने शर्त कुलमानले राखेको रास्वपाका एक नेताले बताए । आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीको लागि सिट तोकेरै जानुपर्ने उज्यालो पार्टीको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वले विमति जनाएको छ भविष्यमा सरकार बन्दै गर्दाखेरि सृजना हुने राज्यको विभिन्न अवसरहरूको बारेमा अहिले भागबण्डा गरेर अगाडि बढ्नुपर्ने धारणा कुलमान पक्षको रहेको थियो । यसैबिच उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले रास्वपासँगको एकता नविथोलिनेमा अझै आशावादी रहेको बताएका छन् । सकारात्मक निस्कर्षमा पुर्याउने प्रयास जारी रहेको उनको भनाइ छ । उज्यालोसित एकता भंग भएको रास्वपाले एकतर्फी घोषणा गरेको छ । तर घिसिङले भिन्न प्रतिक्रिया दिएका हुन् ।  उनले आफूहरूको च्याप्टर क्लोज नभएको बताए । रास्वपा सभापति रवि लामिछानेसँग आफूले गरेको वार्ता सकारात्मक नै रहेको उनले दावी गरे । रास्वपा नेता दीपक बोहोराले पनि एकता विथोलिएको भन्ने चर्चा सत्य नभएका बताएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ । बैठकमा पार्टी एकता, समायोजन र विविध विषय छलफलका एजेन्डा तय गरिएका छन् । स्रोतका अनुसार, उज्यालो नेपाल पार्टीसँग समझदारी भएको सहमतिको विषय भाँडिएपछि रास्वपाले शीर्ष छलफल गर्न लागेको हो ।