राष्ट्रिय स्वतन्त्र पार्टी बनेपा–५ को प्रथम वडा अधिवेशन, सभापतिमा श्रीकृष्ण मानन्धर

बनेपा/ राष्ट्रिय स्वतन्त्र पार्टी बनेपा नगर ५ नम्बर वडाको प्रथम अधिबेशन तथा पार्टी प्रवेश कार्यक्रम केन्द्रिय सदस्य समिक्षा बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिबेशन बाट सभापतिमा श्रीकृष्ण मानन्धर, उप–सभापति सजिना श्रेष्ठ, सचिब श्याम कुमार दाहाल, र सदस्यहरुमा पुर्ण महत, बालमुकुन्द थापा, बेद प्रसाद दाहाल, चित्र तोलाङ्गे, अरुण कर्मचार्य र मिना कुमारी श्रेष्ठ निर्वाचित भएका छन् । कार्यक्रममा नेकपा एमालेका राम बहादुर पराजुली, नेपालि कांग्रेसबाट उदय बहादुर थापा जेन्जी घाईते सुबाष दाहाल लगाएत ५० जना भन्दा बढी पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रममा युवा नेता राजिब खत्री केन्द्रिय सार्बजानिक मामिला विकास सचिब बदन भन्डारी, बाग्मती प्रदेश उपसभापती दिनेश हुमागाइ, जिल्ला सभापती प्रबिन कुमार ढकाल, जिल्ला सचिब जि एन सापकोटा, काभ्रे क्षेत्र न २ क्ष्ोत्रीय सभापती तारा ब कुवर, काभ्रे क्षेत्र नम्बर १ क्षेत्रीय सभापती मधु चौलागाइ, रास्वपा बनेपा नगर सभापती सुरज मकै श्रेष्ठ लगाएतले पाटीमा जनताको विश्वास बढ्दै गएको बताएका थिए । कार्यक्रम वडाका युवा नेता सुदिप दुलालको सभापतित्वमा तथा विदुर दाहालले सञ्चालन गरेका थिए ।