कांग्रेस विशेष महाधिवेशनको र्याली सुरु, ४ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्याली निकाल्न सुरु भएको छ ।
शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्याली निकालिएको हो । र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।
कुपण्डोलबाट निस्किएको र्यालीमा कांग्रेस नेता पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायत सहभागी छन् ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्याली निकाल्न सुरु गरेका छन् । ठाउँठाउँबाट निस्किएको र्याली भृकुटीमण्डतर्फ अघि बढीरहेका छन् ।
कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।
विशेष महाधिवेशन आयोजकबाट प्राप्त सूचीअनुसार बिहान ११ बजेसम्म ४०८ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका हुन्।
सातै प्रदेशका छुट्टाछुट्टै स्टल राखेर बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिको नाम दर्ता भइरहेको छ।






