गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन्
काठमाडौं/गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै फिल्मकर्मी राजेश घतानीले जानकारी दिएका छन्। दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरेका छन्।
उनीलाई हृदयघात (कार्डियाक अरेस्ट) भएको बताइएको छ।
इन्डियन आइडलका विजेता प्रशान्त तामाङले थुप्रै लोकप्रिय नेपाली गीत गाउनुका साथै आधा दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका थिए। ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी–२’ उनका चर्चित नेपाली चलचित्र हुन्।






