कांग्रेस विशेष महाधिवेशनः १७ सयभन्दा बढी प्रतिनिधि दर्ता

by | पुस २७, २०८२

कांग्रेस विशेष महाधिवेशनः १७ सयभन्दा बढी प्रतिनिधि दर्ता

काठमाडौं / नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि १७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्।

बिहान सवा ८ बजेदेखि सुरू भएको दर्ता भृकुटीमण्डपमा सातै प्रदेशका छुट्टाछुट्टै डेस्कमार्फत भइरहेको छ। देशभरका ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये आवश्यक ४० प्रतिशतभन्दा बढीले विशेष महाधिवेशन माग गरेपछि विधानअनुसार दुईदिने महाधिवेशन आजबाट सुरू भएको हो।