विश्वास गुमेको बेला भरोसा दिलाउने जिम्मेवारी हाम्रो होः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकमा भरोसा दिलाउने जिम्मेवारी आफुहरुको भएको बताएका छन् । दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वास गुमेको बेला भरोसा दिलाउने जिम्मेवारी कांग्रेसको भएको बताए ।
उनले पदको लोभले नभई पार्टीलाई ठिक ठाउँमा उभ्याउन विशेष महाधिवेशन गरिएको बताए । अहिले सिस्टम, संविधान जोगाउनुपर्ने दायित्व रहेको भन्दै थापाले त्यो भन्दा ठूलो कुरा नागरिकको भरोसा जगाउनु रहेको बताए ।






