सुनचाँदीको मूल्य हालसम्मकै उच्च

by | पुस २८, २०८२

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौँ/ स्थानीय बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर आज  २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा चाँदी २०५ रुपैयाँले बढेर आज तोलामा ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कायम भएको थियो ।