डजबल संघको प्रथम अधिवेशनबाट अध्यक्षमा रामचन्द्र देउजा निर्वाचित

by | पुस २९, २०८२

डजबल संघको प्रथम अधिवेशनबाट अध्यक्षमा रामचन्द्र देउजा निर्वाचित

बनेपा । काभ्रे जिल्ला डजबल संघको प्रथम अधिवेशन तथा साधारण सभा सपन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा रामचन्द्र देउजा, बरिष्ठ उपाध्यक्ष सुविन मानन्धर, उपाध्यक्ष उत्तम सापकोटा, उपाध्यक्ष प्रितम गंगाई, सचिब ओम कृष्ण श्रेष्ठ सह सचिब साजन घिमिरे, कोषाध्यक्ष विजय मुस्याजु सह कोषाध्यक्ष खेम थापा तथा सदस्यहरुमा दिपेन्द्र बिष्ट, मदन ढुङ्गाना, मिलन आचार्य, स्वेजल श्रेष्ठ, नेत्र बडाल, जनक तामाङ र दिपा बिष्ट रहेका छन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष मानवीर वाइवाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य वागमती प्रदेश डज बल संघका अध्यक्ष महेन्द्र विष्टले गरेका थिए । विष्टले विद्यार्थीहरुलाई फूटबल र भलिबल जस्तै डजबलको महत्वबारे सिकाउन जरुरी रहेको बताए ।

कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले शुरुमा डजबल के हो भनेर थाहै नभएको स्मरण गर्दै उक्त खेल विकासका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला बचत संघका सचिव राजन अधिकारी लगाएतले खेलकूदको ठूलो महत्व रहेको र नेपालमा भर्खरै विकासको क्रममा रहेको डज बलको महत्वबारे सबैलाई बुझाउनु पर्ने वताएका थिए । कार्यक्रम संघका कार्यवाहक अध्यक्ष रामचन्द्र देउजाको सभापतित्वमा सम्पन्न भएको थियो ।