सफल साकोसको १७ औं वार्षिक सधारण सभा, अध्यक्षमा जेन लामा
बनेपा/ सफल बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभा बाट जेन लामा निर्विरोध निर्वाचित भएका छन् । संस्थाको उपध्यक्षमा राम प्रसाद सुवाल सचिब क्षितिज लामा तामाङ कोषाध्यक्ष राधेश्याम कमाचार्य सदस्यहरुमा कृष्णचन्द्र पलाञ्चोके, जयराम तामाङ, भोजकुमारी लामा निर्वाचित भएका छन् । त्यसै गरी लेखा समिति संयोजक निमराज तामाङ सदस्यमा सुब सिं तामाङ र केदार राय क्षेत्री रहेका छन् ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्णलाल नर्कर्मीको अध्यक्षतामा सम्पन्न भएको छ । अध्यक्ष नर्कर्मिले संस्थामा कुनै समस्या नभएकाले सदस्यहरुले ढुक्कले कारोबार गर्न आग्रह गरेका थिए । संस्था सहकारीको ऐन निति र विनियम अनुसार सञ्चालन भएको नकर्मिले बताए ।
कार्यक्रममा संस्थाका सचिब जेन लामाले देशमा नै आर्थिक संकट परेकाले सहकारीमा समेत त्यसको प्राभाव परेको बताए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब जेन लामाले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष विश्व श्रेष्ठले लेखा समितिको प्रतिबेदन संयोजक क्षितिज लामाले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं १ करोड ४३ लाख ७३ हजार ६ सय रहेको छ भने वासलात १६ करोड रहेको जनाएको छ ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजु पौड्याल, पुर्व अध्यक्ष बिजय लामा लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष र पुर्व अध्यक्षद्धयलार्य सम्मान गरिएको थियो ।






