फुटको संघारमा कांग्रेसः दुवै महामन्त्रीलाई कारबाही गर्ने संस्थापनको तयारी, गगन–विश्व कानुनी परामर्शमा

by | पुस ३०, २०८२

फुटको संघारमा कांग्रेसः दुवै महामन्त्रीलाई कारबाही गर्ने संस्थापनको तयारी, गगन–विश्व कानुनी परामर्शमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने तयारी गरेको छ।

आज सानेपामा बस्दै गरेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले दुवै महामन्त्रीलाई कारबाही गर्ने एक नेताले जानकारी दिए।

यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा गगन थापाले सभापति पदका लागि उम्मेदवारी दिइसकेका छन्।

त्यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित देउवा निवास गएर थापाले सभापति शेरबहादुर देउवासँग एक घण्टा वार्ता गरेका थिए।

तर देउवा तत्काल कुनै हालतमा नेतृत्व नछाड्ने अडानमा रहेपछि दुवै महामन्त्री देउवा निवासबाट बाहिरिएका थिए।

देउवाले प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको अधिकार पार्टीका जुनसुकै नेतालाई दिन तयार रहेको तर अहिल्यै सभापति पद नछाड्ने बताएपछि सहमति हुन नसकेको हो।

यद्यपि उनले बडो भावुक हुँदै दुवै महामन्त्रीलाई पार्टी नफुटाउन आग्रह गरेका थिए। त्यसलगत्तै दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन्