आज तोलामा १५ सय घट्यो सुन
काठमाडौं / लगातार बढेर उच्च मूल्यमा पुगेको सुन र चाँदी बिहीबार घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ कम हो। अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदी तोलामा १७० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ।






