‘महाधिवेशनले नेतृत्व फेरेको हो, पार्टी फुटेको छैन’ : विश्वप्रकाश शर्मा

by | माघ १, २०८२

‘महाधिवेशनले नेतृत्व फेरेको हो, पार्टी फुटेको छैन’ : विश्वप्रकाश शर्मा

काठमाडौँ /विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरेका छन् ।

विशेष महाधिवेशनले नयाँ चयन गरेपछि आफूहरू अद्यावधिक गराउन निर्वाचन आयोग आएको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको अवस्था छ । हामीले आज लिखित र मौखिक रूपमा पनि जानकारी गराएका छौँ ।’

उनले पार्टीले महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेको भन्दै आधिकारिकतामा प्रश्न उठ्ने ठाउँ नै नरहेको बताए ।

सभापति गगन थापाले नवनिर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिकका लागि फायल हस्तान्तरण गर्दै छिटै निरूपणका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।