काँग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

by | माघ २, २०८२

काँग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ / नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

विशेष महाधिवेशनबाट पार्टीको अलग्गै नेतृत्व चयनपछि खड्काले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरूको पनि उपस्थिति हुने बताइएको छ ।