देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै 

by | माघ ३, २०८२

देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ / नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ८ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका प्रदेश सभापतिहरूलाई आमन्त्रण गरिएको छ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।