कांग्रेसको देउवापक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध भोलि सर्वोच्च जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय समूह निर्वाचन आयोगको निर्णयको विरुद्धमा भोलि सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले नेपाली कांग्रेस आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहलाई दिएपछि देउवा पक्ष समूह सर्वोच्च अदालत जाने भएको हो ।
पार्टी केन्द्रीय कार्यलयमा आज बसेको देउवा पक्ष समूहको बैठकले आयोगले गरेको निर्णय विरुद्ध संवैधानिक एवम् कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए । उनले आयोगले आफूहरुको कुरा समेत नसुनीकन एकपक्षीय ढङ्गले निर्णय गरेको आरोप लगाएका छन्।
विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित सङ्ख्या समेत आयोगले नहेरिकन दुषित मनसायले आयोगले निर्णय गरेको उनको दाबी छ । उनले नेपाली कांग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफूहरुसँगै रहेको पनि दाबी गरेका छन् ।






