अछाम– १ मा भीम रावल, बर्दियामा वामदेव र कैलाली –५ मा प्रेम आले नेकपाको उम्मेदवार

by | माघ ३, २०८२

अछाम– १ मा भीम रावल, बर्दियामा वामदेव र कैलाली –५ मा प्रेम आले नेकपाको उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ । अछामको १ नम्बर क्षेत्रबाट भीम रावल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै बर्दिया १ मा वामदेव गौतम निर्वाचन लड्ने भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यस पटक नेकपाबाट कैलाली ५ बाट निर्वाचन लड्ने भएका हुन् ।

नेकपाका एक केन्द्रीय सदस्यले आलेलाई निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाउने पक्का भएको बताए ।