तितामिठा कुरालाई बिर्सेर एकतावद्ध भई निर्वाचनमा लाग्न कांग्रेस काभ्रेका सभापति लामाको आग्रह
नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले एकतावद्ध भएर निर्वाचनमा केन्द्रित हुन आगह गरेका छन् । विज्ञप्ति जारी गर्दै सभापति लामाले महाधिवेशनको सन्दर्भमा भएका सबै तिता मिठा कुराहरुलाई बिर्सेर कोही पनि उत्तेजित र हतोत्साहित नभई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकतावद्ध भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् । सभापति लामाले नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशिष्ट परिस्थिति अनुरूप गरिएका विशेष निर्णयले पार्टीलाई थप ऊर्जावान् र गतिशील बनाएको पनि बताएका छन् । विशेष महाधिवेशनको वैधानिकतालाइ निर्वाचन आयोगले दिएको वैधताप्रति उनले आभार व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनले नेपाल र नेपालीको सुन्दर भविश्यको निम्ति नविन कांग्रेस निर्माणको जग बसालेकोको भन्दै सभापति लामाले नेतृत्वलाई दुरदर्शी र साहसीको रुपमा चित्रित गरेका छन् ।





