स्वागत नेपाल राप्रपा प्रवेश, झापा २ मा चुनाव लड्ने

by | माघ ४, २०८२

स्वागत नेपाल राप्रपा प्रवेश, झापा २ मा चुनाव लड्ने

काठमाडौं । राजावादी अभियन्ता स्वागत नेपाल राप्रपामा प्रवेश गरेका छन् । उनले राप्रपाबाट झापा २ मा उम्मेदवारी दिने तय भएको छ ।

नेपालले अघिल्लो चुनावमा पनि झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उक्त क्षेत्रमा एमालेबाट देवराज घिमिरे विजयी हुँदा नेपाल दोस्रो भए ।

नेपाल २ हजार २ सय २९ मतले पछि परेका थिए । यसपटक पनि घिमिरे नै एमालेबाट उम्मेदवार बन्दैछन् ।

राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका प्रवक्ता रहेका नेपाल पेशाले कानून व्यवसायी हुन् । उनले भोलि राप्रपाको केन्द्रीय कार्यालयमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ ।