काभ्रेपलाञ्चोक–२ मा एमालेबाट अशोक ब्याञ्जु उम्मेदवार
नेकपा एमालेले काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ मा अशोककुमार ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एमालेले आज उम्मेदवार टुंगो लगाएको हो । ब्याञ्जु भर्खरै सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए भने लगातार दुई पटक २०७४ र २०७९ मा धुलिखेल नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । स्थानीयदेखि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उनको राम्रो सम्बन्ध छ । उनले नेपाल नगरपालिका संघको समेत नेतृत्व गरिसकेका छन् ।
काभ्रे क्षेत्र नम्बर १ मा शनिबार नै उम्मेदवार टुंगो लागिसकेको छ । यो क्षेत्रमा एमालेले युवा संघका पुर्व उपाध्यक्ष अमित लामालाई उम्मेदवार बनाएको छ ।






