जनकपुरमा रास्वपाको परिवर्तन उद्घोष सभा

by | माघ ५, २०८२

जनकपुरमा रास्वपाको परिवर्तन उद्घोष सभा

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरमा परिवर्तन उद्घोष सभा शुरू भएको छ । सोमबार (आज) दिउँसो साढे २ बजे सभा शुरू भएको हो ।

सभामा रास्वपा सभापति रवि लामिछाने, रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह, पूर्व सांसद डा. अमरेशकुमार सिंहलगायत सहभागी छन् ।

काठमाडौंको मेयरबाट राजीनामा गरेर संसदीय राजनीतिमा होमिएका बालेन पहिलोपटक सभालाई सम्बोधन गर्दैछन् ।

बालेनको सम्बोधन सुन्न जनकपुरमा हजारौं युवा उपस्थित भएका छन् ।