नालामा खुल्यो बृद्धबृद्धा दिवा विश्राम चौतारी

by | माघ ५, २०८२

नालामा खुल्यो बृद्धबृद्धा दिवा विश्राम चौतारी

नाला/समाजसेवी सिंहबहादुर कर्माचार्यको संरक्षणमा बृद्धबृद्धा दिवा विश्राम चौतारी सञ्चालनमा आएको छ । 

उक्त चौतारीको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले गरेका थिए । श्रेष्ठले जेष्ठ नागरिकहरु पछिल्लो समय एक्लिँदै गईरहेको अबस्थामा दिउँसोको समया चौतारीमा सामुहिक भेटघाट हुने, अनुभव साटासाट हुने श्रेष्ठले बताए । नेपाल सरकारले पनि जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको बताए । सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य उपचार, सम्मान गर्दै आएको श्रेष्ठले बताए । विश्राम चौतारीका सञ्चालक राधा रेग्मीले अहिले सामाजिक संरचनामा आएको परिवर्तन, ब्यस्त जीवन शैली, बैदेशिक रोजगारी र एकल परिवारको बृद्धिका कारण एक्लोपन, निराशा र उपेक्षाको अनुभूति नहो्स भन्नका लागी दिवा विश्राम चौतारीको शुरुवात गरिएको बताईन् । बृद्धबृद्धाहरु सम्मान, सुरक्षा, खुशी साथ जीवन विताउन सक्ने समावेशी, करुणामय र संस्कारयुक्त समाजको निर्माणमा सहयोग पुग्ने विश्वास लिईएको रेग्मीले बताईन् । चौतारीमा हल्का ब्याम, योग ध्यान, स्वास्थ्य परामर्श, स्वास्थ्य जीवनशैली प्रर्बद्धन, नास्ता लगायतको सेवा प्रदान गरिने बताए ।

कार्यक्रममा संरक्षक सिंह बहादुर कर्माचार्यले जेष्ठ नागरिकहरुको सेवा गर्न पाउनु हाम्रो भाग्य रहेको बताए । हाम्रा जिउँदा देवताहरुलाई सँधियौसम्म सेवा गर्ने अवसर मिलोस् कमाचार्यले बताए । कार्यक्रममा जेष्ठ नागरिक मञ्च काभ्रेका अध्यक्ष सिद्धि बहादुर कर्माचार्य, उग्रचण्डी जेष्ठ नागरिक केन्द्रका सदस्य नेमकृष्ण श्रेष्ठ लगायतले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने बताए ।