राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ मा उम्मेदवार बन्ने

by | माघ ५, २०८२

राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ मा उम्मेदवार बन्ने

सरकारका प्रवक्ता समेत सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्।

प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न लागेका उनले साढे ५ बजे सिंहदरबारस्थि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामाको जानकारी दिन लागेका हुन्।

त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ को उम्मेदवार बन्ने तयारी गरिरहेका छन्।