एमाले नेता चन्द्र लामाको आह्वान– एकताका साथ एमाले उम्मेदवारलाई विजयी गराऔं
नेकपा एमालेका नेता चन्द्र लामाले एकतावद्ध भएर नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत लामाले पार्टी निर्णय बोक्नु सबैको दायित्व भएको बताए । निर्णय आफुले भनेकै जस्तो नहुन सक्ने भन्दै उनले उच्च मनोवल र एकताका साथ नेकपा एमालेका उम्मेदवारलाई विजयी गरान आह्वान गरेका छन् ।





