उम्मेदवारको मनोनयनमा बाजागाजा निषेध

by | माघ ५, २०८२

उम्मेदवारको मनोनयनमा बाजागाजा निषेध

धुलिखेल/मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेपलाञ्चोकले मनोनयनमा आउँदा राजनीतिक दल तथा उम्मेदवारहरुलाई बाजागाजा सहित नआउन अनुरोध गरेको छ । निर्वाचन आचार संहिताले उक्त प्रकृयाकलाई तडकभडक हुने भन्दै त्यसो नगर्न सचेत गराएको हो ।
निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न दलहरुलाई चेतावनी दिए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला स्थित राजनीतिक दलहरुलाई उक्त अनुरोध गरेको हो । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले राजनीतिक दलहरुलाई आईतबार मध्यरात देखि जारी भएको निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न अनुरोध गरेका हुन् ।
आचारसंहिता उल्लंघन गर्ने विरुद्ध आयोगले कठोर निर्णय लिने निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चेतावनी दिए । निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न उनले आग्रह गरे । ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ’– भण्डारीले भने ।