आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ पुग्यो

by | माघ ६, २०८२

आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौँ/ सुनको मूल्यले आज पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य अनुसार आज सुन प्रतितोला २७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको हो । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदी पनि आज प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो ।